पक्राउ परेका वडाध्यक्षलाई छुटाउन सिरहामा मेयरद्वारा चक्का जाम

पक्राउ परेका वडाध्यक्षलाई छुटाउन सिरहामा मेयरद्वारा चक्का जाम

बन्दीपुर । सिरहाको कमला नदी स्थित चुरे संरक्षित क्षेत्र र वन क्षेत्रमा अवैध उत्खनन गराएको आरोपमा पक्राउ परेका कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्र पोखरेलाई थुनामुक्त गर्नु पर्ने मागसहित सिरहाको बन्दीपुरमा चक्का जाम भएको छ ।

कर्जनहा नगरपालिकाका मेयर भोला पोखरेलको नेतृत्वमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरीएको छ । राजमार्ग अवरुद्ध भएको कारण यातायातका साधनहरू सयौँको सङ्ख्यामा लामबद्ध भएर रोकिएका छन् । हजारौँ यात्रुहरूले असुविधाको सामना गर्नु परेको छ ।

मेयर पोखरेलले नेतृत्व गरेको समूहले कर्जन्हा नगरपालिका–१ स्थित इलाका वन कार्यालय बन्दीपुर घेराउ गरी कार्यालय खाली गर्न र कर्मचारीहरूलाई बाहिर निस्किन दबाब दिइरहेका छन् ।

वन कार्यालयका कर्मचारी र त्यहाँ रहेको हतियार समेत असुरक्षित भएपछि वन कार्यालयले जिल्ला प्रहरी कार्यालय सिरहासँग सुरक्षा माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले वन कार्यालयको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com