गोपाल किराँती छुटाउन कोशीमा यातायात बन्द, थप पाँच जना पक्राउ

गोपाल किराँती छुटाउन कोशीमा यातायात बन्द, थप पाँच जना पक्राउ

सुनसरी । प्रहरीले धरानबाट पहिचान पक्षधर पाँच जनालाई पक्राउ गरेको छ ।

यातायात बन्द गराउँदै हिंडिको आरोपमा उनीहरु पक्राउ परेका हुन् । एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रालाई अवरोध गर्दा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै पहचिान पक्षले कोशी प्रदेशमा यातायात बन्दको आयोजना गरेको हो ।

एमाले अभियानलाई अवरोध गर्ने तयारीमा रहेका बेला गत २६ मंसिरमा खोटाङबाट पूर्वसंस्कृतिमन्त्री गोपाल किराँतीसहित पक्राउ परेका थिए । सुमन चेम्जोङ, करुण राई, शम्भु राई, सिताराम राई र हरि बान्तवालाई पक्राउ गरिएको प्रदेश नम्बर १ पुनः नामकरण सङ्घर्ष समितिले जनाएको छ ।

समितिले एमाले अभियानका क्रममा कोशीका विभिन्न जिल्लाबाट ३५ जना पहिचानवादी नेता तथा कार्यकर्ता पक्राउ गरिएको जनाएको छ । समितिले एमाले अभियानलाई प्रभावित गर्ने गरी आज र भोलि कोशी प्रदेशमा यातायात बन्द घोषणा गरेको छ । विभिन्न् जिल्लामा पहिचान पक्षधरले सडकमा जम्मा भएर प्रदर्शन गरेका छन् ।

मोरङको पथरी, उर्लाबारी झापाको दमक र इलामको इलाम बजारमा बिहानैदेखि पहिचान पक्षधर कार्यकर्ताले सडकमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका छन् । प्रदेश प्रहरी प्रमुख डिआर्इजी राजेशनाथ बास्तोलाले प्रदर्शनकारीलाई हटाएर अवरुद्ध सडक सुचारु गरिएको जानकारी दिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com