लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, शपथ आजै

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, शपथ आजै

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्र र आफ्नै दल नेपाली काँग्रेसबाट थप १–१ जनालाई मन्त्री बनाएका हुन् ।

माओवादी केन्द्रबाट कृष्णा केसी र काँग्रेसबाट रोज राणा भनेर चिनिने सरोज थापा मन्त्री नियुक्त भएका छन् । आइतबार बिहान ९ बजे उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री सन्तोष पाण्डेयले जानकारी दिए ।

उनका अनुसार मुख्यमन्त्री चौधरीले बाँकेकी केसीलाई खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् भने प्युठानका थापालाई उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ । गत जेठमा ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले दुई मन्त्री थपेपछि अब मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com