एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्न लागेको नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका हुन् ।

बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो १२ बजे बस्ने गरी बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदैछ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् ।

सत्ता गठबन्धन दलले मात्रै तालमेल गरे आफूले एक सिट पनि नपाउने अवस्था बनेपछि एमालेले सत्तारूढ गठबन्धनसँगै तालमेल गर्न लागेको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com