सरकारबाट बाहिरिने एमाले निर्णय, समर्थन पनि फिर्ता

सरकारबाट बाहिरिने एमाले निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । उपाध्यक्ष विष्णु पौडेलकाअनुसार भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मानवअधिकार परिषद्को बैठकमा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अन्तिम अवस्थामा रोकेपछि एमालेले सोमबार बिहान सचिवालय बैठक राखेको थियो । ‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो, स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ उपाध्यक्ष पौडेलले भने ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com