केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा

केन्द्रीय कमिटी बैठकका लागि एमालेले तय गर्‍यो १० एजेन्डा

काठमाडौं । वैशाख २८ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकका लागि नेकपा एमालेले १० वटा एजेन्डा तय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक १० वटा एजेन्डा तय गरेको हो । उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार मंगलबारको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि विस्तृत छलफल भएको छ। 

पहिलो एजेन्डाका रुपमा २०७९ भदौ १० र ११ गते बसेको केन्द्रीय कमिटी बैठकयताका राजनीतिक परिवर्तन र घटनाक्रमबारे कुरा भएको उनको भनाइ छ । दोस्रो एजेन्डाका रुपमा यसबीचमा पार्टीका सचिवालय बैठकबाट भएका महत्वपूर्ण निर्णयको अनुमोदन रहेको गुरुङले बताए ।

तेस्रो एजेन्डाका रुपमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने रहेको छ। त्यसैगरी २ महिनासम्म चलेको मिसन ग्रासरुट अभियानको पनि विस्तृत समीक्षा तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा हुनेछ ।

अर्को एजेन्डाका रुपमा सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेश गर्ने रहेको गुरुङले बताए । एमालेले अब केन्द्रीय कमिटी सदस्यहरुलाई वर्षको एक पटक फरक भूगोलमा खटाउने भएको उनको भनाइ छ । त्यसैगरी केन्द्रीय कमिटी बैठकका लागि समसामयिक राजनीतिक प्रस्तावसहित अन्य एजेन्डामा पनि विस्तृत छलफल हुने गुरुङले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com