एमालेका नेताहरू रास्वपाको कार्यालयमा

एमालेका नेताहरू रास्वपाको कार्यालयमा

काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् । बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका छन् । रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् ।

नेम्वाङसहित एमाले प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरुले रास्वपाका नेताहरुलाई भेटेका हुन् । यसअघि बिहीबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितलाई एमाले नेताहरुले भेटेर मत मागेका थिए । राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदै छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि उम्मेदवारी दिएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com