आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

आज विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलनको आयोजना आयोजना गदै छन्। आइतवार दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा विशेष पत्रकार सम्मेलनको आयोजना गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्य पहाडी लोक मार्गमा (बैतडीको झुलाघाट देखि पाँचथरको झुलाभञ्ज्याङसम्म) पदयात्रा गरेको थियो ।

यात्राका क्रममा सङ्कलन गरिएका मध्य पहाडका समस्या, एमालेले बटुलेको अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओली सहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागिएको एमालेले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com