मधेस प्रदेश सरकारबाट एमाले नबाहिरिने

मधेस प्रदेश सरकारबाट एमाले नबाहिरिने

काठमाडौँ । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले केन्द्रमा समीकरण फेरबदल भए पनि मधेस प्रदेश सरकारबाट आफूहरू नहट्ने बताएका छन् ।

नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले सरकारबाट बाहिरिने अथवा समर्थन फिर्ता लिने कुनै योजना नरहेको बताएका हुन् । उनले भने, ‘हामीले काँग्रेस र माओवादीलाई समर्थन गरेका होइनौँ, त्यसैले सरकारबाट बाहिरिनु वा समर्थन फिर्ता लिनु आवश्यक छैन ।’

आफूहरूले जसपा नेतृत्वको सरकारलाई समर्थन गरेकाले मधेस प्रदेश सरकारमा एमालेको सहभागिता कायम रहने उनको भनाइ छ । उनले मुख्यमन्त्रीसँग आफूहरू निरन्तर सम्पर्क मै रहेको बताए । यता जसपाका एक नेताले समेत मधेस प्रदेशमा केन्द्रीय राजनीतिको असर नपर्ने बताए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com