एमालेले नवनिर्वाचित सांसदलाई आजदेखि प्रशिक्षण दिने

एमालेले नवनिर्वाचित सांसदलाई आजदेखि प्रशिक्षण दिने

काठमाडौं । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ।

संघीय संसद भवनको ल्होत्से हलमा अहिलेकेहिबेरमा एमालेका नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्।

दुई दिने प्रशिक्षणमा एमाले नेताहरूसँगै कानूनविद्हरूले कानून तर्जुमाका विषयमा जानकारी दिने भएका छन्।

संघीय संसदमा एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसद छन्। एक जना स्वतन्त्र सांसद किरणकुमार साह हालसालै एमाले प्रवेश गरेकाले अहिले सो दलको संख्या ७९ पुगेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com