प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेस

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेस

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री बन्न नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको छ ।

९३ सदस्यीय प्रदेश सभामा ४७ जना सांसद भए बहुमत पुग्नेमा कार्कीले ६० जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ ।

कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३,, राप्रपाका छ र जनता समाजवादी पार्टीका एक जना गरी ६० जनाले साथ दिएका छन् ।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नपुगेपछि प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आज आइतवार बेलुका ४ बजेसम्मको समय दिनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com