घुर्मी आइपुग्यो एमालेको मध्यपहाडी यात्रा

घुर्मी आइपुग्यो एमालेको मध्यपहाडी यात्रा

काठमाडौँ । मध्यपहाडी लोकमार्ग केन्द्रित सङ्कल्प यात्रामा रहेको नेकपा एमालेको टोली उदयपुरको घुर्मी पुगेको छ । घुर्मीमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूलाई पार्टी कार्यकर्ता र स्थानीयले स्वागत गरेका छन् ।

अध्यक्ष ओलीसहितका नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता पुगेका थिए । घुर्मीबाट ओली ओखलढुङ्गाको हर्कपुरमा मङ्गलवार हुने सभामा सहभागी भएर खोटाङको हलेसी जाने कार्यक्रम छ ।

नेकपा एमालेको सङ्कल्प यात्रालाई बिथोल्न कोशी नामकरणको विपक्षमा रहेका समूहले बन्दको आह्वान गरेको छ । एमालेको यात्रालाई रोक्न भन्दै निस्किएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व मन्त्री गोपाल किराती पनि छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com