माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । 

आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो । 

माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति :

'आज मिति २०८० मङसिर ३ गते नेकपा (माओवादी केन्द्र) र ने.स.पा. बिचको पार्टी एकता वार्ता समितिको बैठक बस्यो । बैठकको प्रारम्भमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ भयो । बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरियो ।'

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com