बारामा अग्रता बढाउँदै उपेन्द्र, कुशवाहा ४५ सय मतले पछाडि

बारामा अग्रता बढाउँदै उपेन्द्र, कुशवाहा ४५ सय मतले पछाडि

बारा । बारा निर्वाचन क्षेत्र नम्बर - २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार ३१ हजार ९९९ मत गन्दा यादवले १३ हजार ८०४ मत प्राप्त गरेका छन् ।

उनका निकतटम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ९ हजार २३१ मत ल्याएका छन् । कुशवाहालाई यादवले ४ हजार ५७३ मतान्तरले पछि पारेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ५७७ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले २ हजार ३१ मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रबाट गत मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उक्त निर्वाचनमा यादवले कुशवाहालाई पराजित गरेका थिए । यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com