जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको छ । संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले आज यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।

पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित हुनभएको हो । यसअघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता हुनुहुन्थ्यो । रामसहाय प्रसाद यादव उपराष्ट्रपति बन्नुभएपछि उहाँकै निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा विजयी हुनुभएका उपेन्द्र यादव संसदीय दलको नेता बन्नुभएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com