
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा फेरि समस्या देखिएकाे छ ।
रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याई अस्पातल भर्ना गरिएकाे छ ।
पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हाे । उनी केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।