भिजिट भिसालाई व्यवस्थित बनाइने

भिजिट भिसालाई व्यवस्थित बनाइने

काठमाडौं । भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ ।

गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसहित गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन दिएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com