एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान हुदैँ

एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान हुदैँ
Published on
Updated on

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पछि आज निर्वाचन हुन लागेको हो । निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ । 

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन ।

यसैगरी, उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। यस्तै सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका छन्।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोही दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com