राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँ : सांसद पौडेल

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छौँ : सांसद पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले नेपाली काँग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताउनुभएको हो ।

उहाँले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताउनु भयो । उहाँले गठबन्धन कायम रहि रहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘गठबन्धन कायम रहीरहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल छ । त्यस कारण नयाँ रिसाबाट हामीले जाने कुरा स्वाभाविक हो । निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउनको निम्ति मतदाताहरुसँग मत माग्नु स्वभाविक हो । हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौं । हामीले सत्ता पक्ष भएर विश्वासको मत दिएको होइन । प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति भयो । त्यही अनुसार काँग्रेसले विश्वासको मत दिएको अवस्था हो । नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । अहिलेसम्मको अवस्थामा सहमति हुने अवस्था देखिँदैन । तर राष्ट्रपतिको लागि प्रयास गर्ने उम्मेदवारलाई जिताउनको निम्ति सर्मथन जुटाउने आजदेखि प्रयास गर्छौं ।’

उहाँले नेपाली काँगे्रसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार काँग्रेसले विश्वासको मत दिएको पनि बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com