प्रधानमन्त्रीमा आलोपालो र राष्ट्रपतिबारे संस्थागत निर्णय नभए मान्दैनौं : गगन थापा

प्रधानमन्त्रीमा आलोपालो र राष्ट्रपतिबारे संस्थागत निर्णय नभए मान्दैनौं : गगन थापा
Published on
Updated on

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र राष्ट्रपतिबारे संस्थागत निर्णय हुनुपर्नेमा जोड दिनु भएको छ ।

संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिनुहुँदै सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने चेतावनी दिनुभएको हो ।

‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ,’ उहाँले भन्नुभयो, ‘होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’

माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले बुधबार यी विषयमा संस्थागत निर्णय हुनुपर्ने उल्लेख गर्नुभयो ।

बुधबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी हुनुभयो भने थापाले २५ मत ल्याउनुभयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com