
काठमाडौँ। नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरिसकिएको बताएका छन् ।
पार्टीको नीति र सिद्धान्त विपरीत प्रसाईँले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा आफूखुसी गतिविधि गरिरहेकाले पार्टीबाट निष्कासन गरेको बताए ।
पार्टीले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देहीमा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले प्रसाईँलाई सोमबार पार्टीले निर्णय गरेर कारबाही गरेको जानकारी गराए ।
‘पार्टीको केन्द्रीय सदस्य रहेका एकजनाले पूर्वतिरबाट के के नामको अभियान चलाएका छन्, त्यो संविधानले व्यवस्था गरेका उपलब्धी र एमालेको नीति सिद्धान्त विपरीत छन्’, विश्वकर्माले भने, ‘त्यसैले हिजो (सोमबार) नै पार्टीले उनलाई निष्कासन गरेको छ ।’
उनले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।