जनताले दिएको म्यान्डेट अनुसार मिलेर सरकार बनाएका हौं : उपप्रधानमन्त्री लिङदेन

जनताले दिएको म्यान्डेट अनुसार मिलेर सरकार  बनाएका हौं : उपप्रधानमन्त्री लिङदेन

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको बताउनुभएको छ ।

अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई आत्मासाथ गरेर आफूहरुले मिलेर सरकार बनाउनुपरेको उहाँको भनाई थियो ।

आफूसहित पार्टीबाट बनेका नवनियुक्तमन्त्रीहरुसहित पशुपतिनाथ दर्शन गर्न पुग्नुभएका उपप्रधानमन्त्री लिङदेनले नेपाली जनताले कुनै एक पार्टी, विचार वा सिद्धान्तलाई विश्वास नगरेपछि दलहरुले मिलेर सरकार बनाउनुपरेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले सत्तारुढ दलहरुले मुलुकको आवश्यक्ता अनुसार ठिक ढंगले सहकार्य गरेको र कुनै पनि खालको नराम्रो काम आफूहरुको तर्फबाट नहुने दाबी समेत गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री लिङदेनले आफ्नो दलको विचार वा सिद्धान्तभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com