
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रश्ताव नगरेको बताउनुभएको छ ।
शुक्रवार नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रश्ताव नगरेको प्रष्ट्याउनुभएको हो ।
उहाँले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समिकरणलाई भत्काएर नयाँ समिकरण बनाउने काममा नलागेको पनि दोहो¥याउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी समेत दिनुभयो ।
आफूहरु अहिले पार्टी संसदीय दलको भोलि (शनिवार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उहाँको भनाई थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुनेछ । काँग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल शुरु गरिएको बताउनु भयो ।