मन्त्रीपरिषद् बिस्तारको लागि अझै १०/१५ दिन पर्खिनुपर्छ : ओली

मन्त्रीपरिषद् बिस्तारको लागि अझै १०/१५ दिन पर्खिनुपर्छ : ओली

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीपरिषद् बिस्तारको काम अझै १०/१५ दिन लाग्नसक्ने संकेत गर्नुभएको छ ।

अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रीपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्नसक्ने बताउनु भएको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गर्नुभयो ।

उहाँले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पु¥याउन आफू लागिपर्ने आश्वासन समेत दिनुभयो ।

नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाई थियो । उहाँले बालबालिकाहरुलाई उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अध्यक्ष ओलीले प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको उल्लेख गर्दै त्यसबाट सिकेर नेपाली खेलाडीहरुले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । त्यस अवसरमा उहाँले सो एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाई नगर्न आग्रह गर्दै आफूले २ लाख नगद राशी सहयोग गर्ने घोषणा गर्नुभयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com