सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाएका हौँ : शेखर कोइराला

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाएका हौँ : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनकै लागि उम्मेदवार बनाएको बताएका छन्।

माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिटौलाले सोमबार उम्मेदवारी दर्ता गरेका थिए। सिटौला सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्। विराटनगरमा सोमबार भएको गठबन्धन दलहरूको छलफलमा बोल्दै नेताहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन उम्मेदवार बनाइएको बताएका हुन्।

‘उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन हामीले उम्मेदवार बनाएका हौँ। हामी त हारेको मान्छे उठाउन नहुने पक्षमा थियौँ,’ काँग्रेस नेता शेखर कोइरालाले भने, ‘तर उहाँले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको भूमिका, उहाँको योगदानको इतिहास हेरेर हामी सहमत भयौँ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भइसकेको कोइरालाको भनाइ छ।

साथै महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताए। ‘शान्ति प्रक्रियाको अधुरो काम पूरा गर्न राष्ट्रिय सभाको नेतृत्वका रूपमा उहाँबाट अब योगदान हुनेछ,’ शर्माले भने।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com