सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँ : स्वास्थ्यमन्त्री गिरी

सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताउनुभएको छ । 

मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभएको हो ।

उहाँले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताउनु भयो ।

उहाँले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडी बढाउने बताउनु भयो ।

मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा शिक्षा, स्वास्थ्यमा विकराल समस्या छ । गरिव जनताको पहुँचभन्दा बाहिर छ । उपचार नपाएर मर्नुपर्ने स्थिति छ । स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन कसरी गर्न सकिन्छ ? यसका कहाँ कहाँ के के समस्याहरु छन् ? ति समस्याहरु पनि हामीले बुझेर स्वास्थ्य बीमालाई अझै फराकिलो बनाए लिएर जाने । सबै नागरिकहरुलाई त्यसको दायराभित्र ल्याउने र गुणस्तरिय स्वास्थ्य सेवा दिने ।’ 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्युनतम मापदण्ड सम्बन्धी पहिलो निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पु¥याउनका लागि मापदण्ड बनाएको बताउनु भयो । त्यस्तै वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा आँखासम्बन्धी स्वास्थ्य सेवा बिस्तारित गर्नेगरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको पनि उहाँले बताउनु भयो ।

उहाँले पनि आम नेपालीको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउनेगरी काम गर्ने बताउनु भयो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com