गैरआवासीय नेपालीले नागरिकता लिन के के कागजात चाहिन्छ ?

गैरआवासीय नेपालीले नागरिकता लिन के के कागजात चाहिन्छ ?
Published on
Updated on

काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बालुवाटारमा आयोजित कार्यक्रममा दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरे ।

नागरिकता प्राप्त गर्नेमा गैरआवासीय नेपाली संघ(एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरू कुल आचार्य र बद्री केसी रहेका छन् । केसीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ र आचार्यको जिल्ला प्रशासन कार्यालय पर्वतबाट नागरिकताको प्रमाणपत्र जारी भएको हो । योसँगै संवैधानिक व्यवस्थाअनुसार गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

नागरिकता लिन के के कागजात चाहिन्छ ?

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि जुन जिल्लाबाट साबिकको नागरिकताको प्रमाणपत्र जारी भएको हो सोही जिल्लामा गई गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको लागि आवेदन दिनुपर्ने छ । यसैगरी साबिकको नेपाली नागरिकता र राहदानी परित्याग गरेको प्रमाण र विदेशी मुलुकको नागरिकता/नागरिक भएको प्रमाण पेश गर्नुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको लागि आवश्यक अवलम्बन गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातहरू :

१. जुन जिल्लाबाट साबिकको नागरिकताको प्रमाणपत्र जारी भएको हो सोही जिल्लामा गई गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको लागि आवेदन दिनुपर्ने ।

२. नागरिकता परित्यागको निस्सा पश्चात् गैरआवासीय नेपाली नागरिकता आवेदनको लागि देहायका कागजात सहित कार्यालयको नागरिकता शाखामा सम्पर्क गर्ने ।

क) अनुसूची ८ ग. बमोजिम सम्बन्धित वडाको सिफारिस सहितको निवेदन ।

ख) अनुसूची ८ घ.बमोजिमको प्रतिबद्धता पत्र र अनुसूची ८ च बमोजिमको

सपथ ।

ग) साबिकको नेपाली नागरिकता र राहदानी परित्याग गरेको प्रमाण ।

घ) विदेशी मुलुकको नागरिकता /नागरिक भएको प्रमाण ।

ङ) सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको प्रमाण ।

च) हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि ।

छ) निवेदकको नजिकको नाताभित्रको नातेदार नेपाली नागरिकता सहित सनाखतको लागि उपस्थित हुनुपर्नेछ । यदि नजिकको नातेदार नभएमा थप बुझी निजलाई चिन्ने नेपाली नागरिकबाट सनाखत गराउन सकिनेछ ।

ज)जिल्ला प्रशासन कार्यालयले प्रहरीको स्थलगत सर्जमिन मुचुल्का लगायत अन्य माध्यमबाट थप बुझ्न सक्नेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com