अरूले एक वर्षमा गर्ने काम एमाले सरकारले दुई दिनमा गर्छ : ओली

अरूले एक वर्षमा गर्ने काम एमाले सरकारले दुई दिनमा गर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सरकारले एक वर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्न सक्ने दाबी गरेका छन् ।

एमालेको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङको सुन्दरबजारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्‍याएको बताए ।

उनले भने, एमालेको सरकार बन्नुअघि वर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटर भन्दा बढी त एक दिनमा गर्‍यो। अरूले एक वर्षमा गरेको काम एमालेले दुई दिनमै गर्‍यो । तर, अहिले त त्यो १० किलोमिटर पनि के होला । विकास निर्माणको काम ठप्प भएको छ ।

उनले एमाले बाहेक अरूले सुरु गरेको काम गर्न नसक्ने उनको भनाइ छ । राष्ट्रियताको सवालमा पनि एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com