डब्लुएचओले भन्योः कोभिड–१९ को नयाँ भेरियन्ट तीव्र रुपमा फैलन थाल्यो

डब्लुएचओले भन्योः कोभिड–१९ को नयाँ भेरियन्ट तीव्र रुपमा फैलन थाल्यो

लन्डन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीको नयाँ भेरियन्ट ‘जेएन.१’ र इन्फ्लुयन्जाको संक्रमण फेरि बढन थालेको बताएको छ ।

डब्लुएचओले कोभिड–१९ महामारीबाट बच्न सतर्कता अपनाउन पनि भनेको छ । खास गरी दक्षिणपूर्वी एसियाली देशहरुमा कोभिड महामारीको नयाँ संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढेको भन्दै डब्लुएचओले सुरक्षाका उपाय अपनाउन भनेको हो ।

नयाँ भेरियन्टको जोखिम न्यून हुने भए पनि संक्रमणबाट बच्न नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक रहेको डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले बताए ।

जाडो मौसम हुने मुलुकहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट फैलने क्रम तीव्र रहेकाले समस्या देखिने बित्तिकै चिकित्सकसँग परामर्श लिन भनेका छन् ।

कोभिड–१९ को नयाँ भेरियन्ट भारतमा फैलँदो क्रममा छ । नेपालमा पनि कोभिड–१९ का संक्रमित बढ्न थालेका छन् । तर, हालसम्म नयाँ भेरियन्ट भने फेला परेको छैन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com