जनताका समस्यालाई पहिलो प्राथमिकता राखेर काम गर्नुस् : माधव नेपाल

जनताका समस्यालाई पहिलो प्राथमिकता राखेर काम गर्नुस् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति र समाजका समस्याहरुलाई पहिलो प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गर्नुभएको छ । 

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक क्षेत्रमा छिटोछिटो सेवा र काम हुने र सबै खालका विचौलियाहरुको सेटिङलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्ने बतउनु भयो ।

उहाँले आम मानिसको जनजीवन विकराल बनिरहेको भन्दै महंगी र कालाबजारीको समस्या समाधानमा लाग्नुपर्ने बताउनु भयो । उहाँले युवाहरुको विदेश पलायनको क्रममलाई रोक्न पनि सरकारले आवश्यक भुमिका निर्वाह गर्न सक्नुपर्ने बतउनु भयो ।

उहाँले अहिलेको अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधार गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बतउनु भयो । उहाँले बैंक ब्याज चर्को भएका कारणले आम रुपमा सबै व्यवसाय धराशायी हुने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले शंकटग्रस्त अर्थतन्त्रलाई कसरी ठिक ठाउँमा ल्याउने, कृषिमा कसरी आत्मनिर्भर हुने, वदेशी पुँजीलाई कसरी नेपालमा आकर्षित गर्ने भन्नेबारेमा वर्तमान सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले मिटरब्याजी समस्या चर्को रुपमा देखापरेको र उनीहरुले आम सर्वसाधरणलाई नरकतुल्य बनाएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले समतामुलक समाजको निर्माण गर्ने काममा सरकार लाग्नुपर्ने बतउनु भयो । 

अध्यक्ष नेपालले जनताले परिवर्तनको महशुस गर्नेगरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभयो ।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com