२०२६ को विश्वकपमा ४८ देश सहभागी हुने

२०२६ को विश्वकपमा ४८ देश सहभागी हुने

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ देशले सहभागिता जनाउने भएका छन्। यस अघि ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका थिए।

फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ ।

नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली हुने छन् । समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ। २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछ। १६ शहरमा विश्वकप आयोजना हुनेछ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com