‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि हुने

‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि हुने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी पुस २६ गतेदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुने जनाएको छ । हिजो भएको छलफलमा पुस २६ गतेदेखि लिग सुरु गर्न क्लबहरु सहमत भएको एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई उपलब्ध गराउँदै आएको तयारी खर्चमा १० लाख रुपैयाँले वृद्धि गरेको छ । एन्फाले अब लिगको तयारीका लागि ‘ए’ डिभिजनका हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । क्लबको तयारी खर्च बढाए पनि पुरस्कार रकम यथावत् छ ।

लिगको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com