खेलको विकासलाई गिज्याइरहेका खेलकुद संरचना

खेलको विकासलाई गिज्याइरहेका खेलकुद संरचना

काठमाडौं । नेपालमा खेल क्षेत्र त कमजोर छ नै, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जीर्ण बन्दै गइरहेका छन् ।

खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवर्द्धन हुन नसक्नु दुःखद् हो । यिनै जीर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् ।

भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन् । संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ ।

सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरु बिग्रिँदै गएका छन् । सातदोबाटोमा रहेको स्वीमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाण्डौको मूलपानीको क्रिकेट रङ्गशाला लगायत प्रायजसो काठमाण्डौ उपत्यकाका खेलकुद संरचनाहरु जीर्ण बनिरहेका छन् ।

त्रिपुरेश्वरमा रहेको स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ । रङ्गशालामा फ्याँकिएका नवौँ साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com