आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

पोखरा । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताए । खेलको सातौं मिनेटमा संकटाले पहिलो अग्रता लिएको थियो । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । संकटाका लागि दोस्रो गोल मेसुकीले गरे ।

तर, पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे । २–१ ले पछि परेको बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी ग¥यो ।

बीवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरे । संकटाका लागि ११६ औं मिनेटमा कप्तान सुनील वलले गोल गर्दै संकटालाई उपाधि दिलाए । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ ।

उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com