
काठमाडौं । २२ औं संस्करणको आहा – रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मच्छिन्द्रले चर्च ब्वाइज युनाईटेडसँग हार बेहोरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा चर्चले मच्छिन्द्रलाई ३–१ ले पराजित गरेको हो । चर्चको जितमा आशीष चापागाईंले २ र आशीष चौधरीले १ गोल गर्नुभयो ।
मच्छिन्द्रका लागि एकमात्र गोल सौरभ सुब्बाले गर्नुभयो । खेलको २२ औं मिनेटमा आशीष चापागाईंले गोल गर्दै चर्चलाई अग्रता दिलाउनुभयो ।
बिकु राईले दिएको लामो पासमा अञ्जन विष्टले हेडर गरेर गोलरक्षक विशाल श्रेष्ठसँग ठोक्किएपछि आशीष चापागाईंले गोल गर्नुभएको थियो ।
पहिलो हाफमा थपिएको ३ मिनेटको खेलमा चर्चले थप १ गोल ग¥यो । चर्चका आशीषले ४६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो ।
खेलको ६५ औं मिनेटमा आशीष चौधरीले गोल गर्दै चर्चको जित सुनिश्चित गर्नुभयो । अब चर्चले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी र भुटानी क्लबबीचको विजेतासँग खेल्ने छ ।