विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिल पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।

शुक्रवार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-० गोलले पराजित भएको छ । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलको ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।

उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै आजै बिहान घरेलु मैदानमा भएको खेलमा ब्राजिल कोलम्बियासँग २-१ गोलले पराजित भयो । ब्राजिलले शुरुवाती गोल गर्दै अग्रता लिए पनि कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो । कोलम्बियाका लागि लुइस डियाजले खेलको ७५ र ७९ मिनेटमा गोल गरे । ब्राजिलका लागि खेलको ४ मिनेटमा गब्रेल मार्टीनेली गोल गरे ।

ब्राजिल ५ खेलमा ७ अङ्कसहित पाँचौँ स्थानमा छ । कोलम्बिया उति नै खेलमा ९ अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com