प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल

प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल घरेलु टोली लिभरपुलसँग बराबरीमा रोकिएको छ । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले लिभरपुलसँग अंक बाँडन बाध्य भएको छ । साे खेल २–२ को बराबरीमा सकिएको थियो । 

आइतबार राति एनफिल्डमा  भएको खेलको ८ औं मिनेटमा मार्टिनेलीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । पहिलो हाफको २८औं मिनेटमा गाब्रिएल जेससले अर्को गोल थपे पछि आर्सनल २–० को अग्रता कायम गर्न सफल भयो । 

तर, त्यो अग्रतालाई आर्सनलले जोगाउन सकेन । र, ४२औं मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई २–१ को स्थितिमा फर्काए । दोस्रो हाफको ५४औं मिनेटमा सलाह पेनाल्टीमा चुक्दा लिभरपुलले आर्सनलसँग बराबरी हुने मौका गुमायो । तर, निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्थात ७८ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट मात्रै जाेगाएनन,, खेल नै बराबरीमा राखिदिए ।

यस खेलवाट आर्सनलको ३० खेलबाट ७३ अंकसहित अग्रस्थानमा छ भने लिभरपुल २९ खेलबाट ४४ अंक जोडेर आठौं स्थानमा सिमित रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com