आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा ब्राइटनलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो । आइतबार नै लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेपछि आर्सनल कम्तिमा १ साता शीर्ष स्थानमा रहने छ ।

आर्सनलको तालिकामा १७ खेलबाट ३९ अंक भएको छ भने लिभरपुलको ३८ अंक भएको छ । यसैगरी तेस्रो स्थानमा रहेको एस्टन भिल्लाको पनि ३८ अंक भएको छ । समान खेलबाट म्याचनेस्टर सिटी ३४ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ ।

आइतबार रातिको खेलमा आर्सनललाई २-०ले जिताउँदा ग्याब्रिएल जेससले ५३ औं मिनेटमा गोल गर्दा केइ हार्भाटेजले ८७ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै, एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ । एस्टनका लागि एलेक्जेन्ड लोपेरा र ओले वाटिकन्सले एक एक गोल गर्दा व्रेन्टफोर्डका लागि कन लेविस पोटरे सुरुमै गरेको गोल भने खेल सकिँदा सान्त्वनामा परिणत भयो । एस्टन ३८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । एस्टनका वेन मी ७१ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान छाडेका थिए भने दोस्रो हाफको अतिरिक्त समयमा एस्टनका बुबाकर कमारा पनि रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बने ।

यस्तै, लिभर पुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेले । दुवै टिमले अंक बाँड्दा लिभरपुलले शीर्ष स्थानमै फर्कने अवसर गुमाएको छ । लिभपुरल दोस्रो स्थानमा छ भने म्यानचेस्टर युनाइटेड सातौं स्थानमा छ । यसैगरी अर्को खेलमा वेस्टह्यामले वुल्भरह्याम्पटनमाथि ३-० को एकतर्फी जित निकालेको छ । वेस्टह्याम आठौं स्थानमा उक्लिएको छ भने वुल्भ्स १३ औं स्थानमा छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com