प्रिमियर लिगमा एस्टन भिल्ला र वेष्ट ह्याम विजयी

प्रिमियर लिगमा एस्टन भिल्ला र वेष्ट ह्याम विजयी

एजेन्सी । प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेष्ट ह्याम युनाइटेड विजयी भएका छन् ।

गएराति भएको खेलमा वेष्ट ह्यामले एभर्टनलाई २–० ले तथा एस्टन भिल्लाले साउथह्यामटनलाई १–० गोल अन्तरले हराएका छन् । अरु खेल भने बराबरीमा सकिएका छन् ।

लिसेस्टर सिटी र ब्रिग्टन एण्ड होभ अल्बियनले २–२ को बराबरी खेल्दा एएफसी बोर्नमाउथ र नटिङघम फरेस्टले १–१ को बराबरी गरे । न्यूक्यासल युनाइटेड र क्रिस्टल प्यालेस तथा लिभरपुल र चेल्सीले भने गोलरहित बराबरी खेलेका छन् ।

लिगमा ४७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा म्यान्चेस्टर सिटीको ४२ अङ्क छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com