म्यानचेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

म्यानचेस्टर सिटीमाथि एस्टन भिल्लाको जित

लन्डन । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी एस्टन भिल्लासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-० गोल अन्तरले पराजित भएको हो ।

एस्टन भिल्लाको जितमा खेलको ७४औं मिनेटमा लिओन बेलीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि एस्टन भिल्ला लिगमा तेस्रो स्थानमा उक्लिएको छ । १५ खेलमा ३२ अंक रहेको भिल्लाले सिटीलाई उछिन्दै लिगमा तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी म्यानचेस्टर सिटीको भने यस सिजनमा यो तेस्रो हार हो । यो हारपछि सिटीको १५ खेलमा ३० अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

चेल्सीमाथि म्यानचेस्टर युनाइटेड २-१ ले विजयी

ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा दुवै गोल स्कट म्याक टोमिनीले गरेका थिए । उनले खेलको १९औं र ६९औं मिनेटमा गोल गरेका थिए ।

त्यसैगरी चेल्सीका लागि एक गोल कोल पाल्मरले गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेडको १५ खेलमा २७ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने यो यस सिजनमा छैटौं हार हो । १५ खेलमा १९ अंक रहेको चेल्सी अहिले लिगमा १०औं स्थानमा रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com