टी ट्वेन्टी विश्वकप क्रिकेटबाट बाहिरियो अस्ट्रेलिया

टी ट्वेन्टी विश्वकप क्रिकेटबाट बाहिरियो अस्ट्रेलिया
User

काठमाडौं । अस्ट्रेलिया टी ट्वेन्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । सिड्नीमा आज भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेसँगै अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको हो ।

श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

इंग्ल्यान्डलाई जिताउन एलेक्स हल्सले ४७ र बेन स्टोक्सले अविजित ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २÷२ विकेट लिए । पहिले ब्याटिङ गरेको श्रीलंकाका पाथुम निसन्काले ६७ रन बनाएका थिए । इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । यस जितसँगै इंग्ल्यान्डले समूह १ बाट सेमिफाइनलमा स्थान बनाएको हो ।

इंग्ल्यान्डले ५ खेलमा ७ अंक जोड्यो । यो नतिजासँगै यस समूहबाट अस्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत प्रतियोगिताबाट बाहिरिएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com