श्रीलंकामाथि बंगलादेशको सान्तवना जीत, श्रीलंका विश्वकपबाट बाहिरियो

श्रीलंकामाथि बंगलादेशको सान्तवना जीत, श्रीलंका विश्वकपबाट बाहिरियो

काठमाडौं । भारतमा जारी एकदिवसिय विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई तीन विकेटले हराएको छ । सोमबारको खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएसँगै उसको सेमिफाइनल सम्भावना पनि समाप्त भएको छ ।

पहिले ब्याटीङ गरेको श्रीलंकाले २८० रनको लक्ष्य दिएको थियो । बंगलादेशले सात विकेट गुमाएर ४१.१ ओभरमा सो लक्ष्य भेटाएको हो ।

खेल जितेको बंगलादेश यसअघि नै सेमिफाइनल प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । दुवै देशले समान ८ खेलमा दुई मात्र जित निकालेका छन् ।

आज विश्वकपमा अष्ट्रेलिया र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । अफगानिस्तानलाई जितेमा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । यसअघि उसले पाँच खेल जितिसकेको छ । सात खेलमा चार खेल जितेको अफगानिस्तान पनि सेमिफाइनल प्रतिस्पर्धामा छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com