बार्सिलोनाको दोस्रो जित, एथ्लेटिको म्याड्रिड रोकियो

बार्सिलोनाको दोस्रो जित, एथ्लेटिको म्याड्रिड रोकियो
google

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पार्दा साविक विजेता एथ्लेटिको म्याड्रिड भने रोकिएको छ।

आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा गेटाफेलाई दुई-एक गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो । बार्सिलोनाकाे जितमा सेर्जी रोबर्टो र मेम्फिस डिपाएले एक-एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले सान्त्वना गोल गरे ।

खेलको दोस्रो मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा सान्ड्रोले गोल गर्दै गेटाफेलाई एक-एक गोलको बराबरीमा ल्याए । ३० औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले तीन खेलमा सात अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा रहेको छ । गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अंक जोड्न सकेको छैन ।

यस्तै, आइतबार राति भएको अर्को खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड भिल्लारियलसङ दुई-दुईको बराबरीमा रोकिएको हो ।
भिल्लारियलको लागि मानु ट्रीगुएरोस र अर्नाउट दान्जुमाले एक-एक गोल गरे । एथ्लेटिकोको लागि लुइस सुवारेज गोल गर्दा भिल्लारियलका ऐसा मान्दीले आत्माघाती गोल गरे ।

बराबरीमा रोकिएको एथ्लेटिकोको तीन खेलबाट सात अंक छ । एथ्लेटिको तालिकाको पाचौँ स्थानमा छ । भिल्लारियल भने समान खेलबाट तीन अंक सहित ११ औँ स्थानमा छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com