बार्यन र एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बार्यन र एसी मिलान च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लन्डन । च्याम्पियन्स लिग अन्तरर्गत बिहीबार बिहान सम्पन्न खेलमा जर्मनी क्लब बायर्न म्युनिख र इटालियन क्लब एसी मिलान विजयी भएका छन् । बायर्नले फ्रान्सेच क्लब सेन्ट पेरिस जर्मन (पिएसजी) र एसी मिलानले इग्लिस क्लब टोटेन होमलाई पराजित गरेका हुन् । जीतसँगै बार्यन र एसी मिलान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पीएसजीलाई दोस्रो लेगमा २-० ले हराउँदै समग्रमा ३-० को जितसहित बायर्न क्वाटरफाइनलमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १-० ले विजयी भएको थियो । खेलको ६१ औं मिनेटमा एरिक म्याक्सिम मोटीङले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि ८९ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई २-० को जित दिलाए ।

इंग्लिस क्लब टोटनह्याम हट्सपरसँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० को जितसँगै मिलान क्वाटरफाइनलमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा मिलान १–० ले विजयी भएको थियो । टोटनह्यामको मैदानमा भएको दोस्रो लेगमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ७७ औं मिनेटमा क्रिस्टियन रोमेरो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा समेटिन पुगेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com