खेलकुद
नेपाल टी–ट्वान्टी क्रिकेट लिगको विराटनगर फाइनलमा प्रवेश
काठमाडौं । विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।
विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलब १ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो ।
अब विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्नेछ । पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।