
काठमाडौं । विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ ।
आज भएको खेलमा विराटनगरले काठमाडौँलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रकेट मैदानमा भएको पहिलो खेलमा विराटनगरले काठमाडौँलाई ७ विकेटले हरायो ।
काठमाडौँले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो ।