‘सी’ डिभिजन लिग वैशाख २२ गतेदेखि हुने

‘सी’ डिभिजन लिग वैशाख २२ गतेदेखि हुने

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले क्लबसँगको छलफलपछि हिजो मिति तय गरेको हो ।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ । एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए ।

एन्फाले ‘बी’ डिभिजन क्लबसँग समेत छलफल गरेको थियो । तर मिति भने तय हुन सकेको छैन । एन्फाले गएको कात्तिक २१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ । ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुनेछ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com