काल्भिन स्याभेजले नेपाल टी-ट्वान्टी लिग खेल्ने

काल्भिन स्याभेजले नेपाल टी-ट्वान्टी लिग खेल्ने

काठमाडौं । दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिन स्याभेजले नेपाल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।

काल्भिनले नेपाल टी-ट्वान्टीको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टार्सबाट खेल्ने भएका हुन् । लुम्बिनीले शनिबार सामाजिक संजालबाट काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ ।

लुम्बिनीले अष्ट्रेलियाका अलराउण्डर बेन कटिङको स्थानमा काल्भिनलाई अनुबन्ध गरिएको जनाएको छ । काल्भिनले १९ टी-ट्वान्टी, ६९ प्रथम श्रेणी र ५२ लिष्ट ए क्रिकेट खेलेका छन् ।

काल्भिनले दक्षिण अफ्रिकाको यू-१९ टोलीबाट खेलिसकेका छन् । कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको लिग मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com