गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

गुजरातलाई हराउँदै चेन्नाई फाइनलमा

नयाँदिल्ली । साबिक विजेता गुजरात टाईटन्सलाई हराउँदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ । घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेप कमा चेन्नाई १५ रनले विजयी भएको हो । दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ ।

पहिलो क्वालिफायरमा चारपल्टको च्याम्पियन चेन्नाईले पहिले ब्याटिङ गर्दै सात विकेटमा १ सय ७३ रन बनाएको थियो । त्यसमा ऋतुराज गायकवाडले सर्वाधिक ६० रन बनाएका थिए । चेन्नाईका बलरले त्यसलाई रक्षा गर्ने क्रममा गुजरातलाई १ सय ५७ रनमा रोकेको थियो । सुरुमा २२ रन बनाएका जड जाले पछि १८ रनमा दुई विकेट लिन सफल भएका थिए ।

आज (बुधबार) इलिमिनेटरमा लखनउ सुपर जायन्ट्सले पाँचपल्टको च्याम्पियन मुम्बई इन्डियन्सको सामना गर्नेछ । त्यसमा विजयी हुने टिमले अर्को खेलमा गुजरातको सामना गर्नेछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com