विश्वकप क्रिकेट: भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

विश्वकप क्रिकेट: भारतद्वारा अष्ट्रेलिया ६ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गतको खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ । भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । जारी प्रतियोगितामा भारतको यो पहिलो जित हो ।

भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनायो । भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

भारतका लागि केएल राहुलले अविजित ९७ रन बनाए । उनले ११५ बल खेल्ने क्रममा दुई छक्का र आठ चौका हाने । यस्तै विराट कोहलीले ११६ बलमा ६ चौकाको मद्दतमा ८५ रन बनाए । हार्दिक पण्ड्याले अविजित ११ रन बनाए ।

भारतले सुरुआतमै तीन विकेट गुमाएको थियो । भारतीय कप्तान रोहित शर्मा, इशान किशन र श्रेयस अय्यर रन नबनाइकन आउट भएका थिए । बलिङतर्फ अष्ट्रेलियाका जोश हाजेल्वुडले तीन तथा मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ७१ बलमा पाँच चौका प्रहार गरे ।

यस्तै डेविड वार्नरले ५२ बलमा छ चौकासहित ४१, कप्तान प्याट कमिन्सले २४ बलमा एक चौका र एक छक्कासहित १५ तथा मिचेल स्टार्कले ३५ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए ।

बलिङतर्फ भारतका रवीन्द्र जडेजाले तीन, कुलदीप यादव र जस्प्रित बुमराहले दुई/दुई तथा हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले एक-एक विकेट लिए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com